१९ आश्विन,काठमाण्डौ ।
२०७२ सालको भूकम्प पछि भौतिक पुर्वाधारमा क्षतिका कारण अवरुद्ध हुदै त्यस पछि बाढी र पहिरो अनि अहिले महामारीको चपेटाका कारण बन्द रहेको चीनसगँको प्रमुख मध्य एक व्यापारीक नाका तातोपानी आजबाट सञ्चालनमा आएको छ । सोमबारबाट नाका खुलेसगैँ सामान बोकेका कन्टेनरहरु नेपाल तर्फ प्रवेश गरेका छन् । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी
नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो । नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । File Photo







