हतार-हतार कर उठाएर पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी !

८ असार,काठमाण्डौ ।
सरकारले पुन: साउन १ गते बाट कडा रुपमा लकडाउन गर्ने स्रोत बताउछ । लकडाउन खुकुलो भएसँगै संक्रमित झन् बढेपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारका एक मन्त्रीका अनुसार छिट्टै नै पुन: पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग व्यापक छलफल गरिरहेको छ । ‘बाहिर खुलेर भन्न त मिल्दैन तर पहिला कर उठाउँ, अनि लकडाउन गरौँ भन्ने हो । ‘आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती मन्त्रीले भने, ‘एक जना पनि संक्रमित नहुँदा लकडाउन गर्ने अनि १० हजार पुगेपछि खुकुलो गर्ने नीति ठिक भएन भन्ने सरकारले पनि बुझेको छ । त्यसैले पुन: लकडाउन हुने कुरामा शंका नै छैन ।’यसअघि पनि पुन लकडाउन गर्ने वा नगर्ने भन्ने बारे मन्त्रीपरिषद बैठकमा चर्चा चलेको थियो ।

तर अहिले कर उठाउने बेला भएकाले र बजेट सक्काउने बेला पनि भएकाले साउनबाट मात्र लकडाउन गर्ने सुझाव विभिन्न मन्त्रीहरुबाटसमेत आएको हामीसँगको सम्पर्कमा आएका ती मन्त्रीको भनाइ छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।