२१ जेठ,काठमाण्डौ ।
जेठ २५ गते सम्म कर बुझाउन ताकेता गरेको राजश्व विभागले चौतर्फी बिरोध पछि कर बुझाउने समयसीमा थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ।विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना प्रकाशित गरेको थियो । लकडाउनले समयमा व्यवसाय वन्द अवस्थामा रहेको बेला सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।







