१९ जेठ,काठमाण्डौ ।
देशमा कोरोनाभाइरसको महामारी दिनप्रतिदिन बढ्दो छ । तर,आम जनताहरुले भने सरकार बाट सुरक्षाको कुनै प्रत्याभुती गर्न नपाएको गुनासो आइरहेका बेला नेपाल सरकारले भने कोरोना संग जुध्नकै लागि ३० अर्ब ऋण लिने भएको छ ।एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको ऋण दिने भएको छ ।
अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरे ।
सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो । सो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिने बताइएको छ ।नेपालमा अहिले सम्म एक हजार ८ सय भन्दा बढी कोरोना संक्रमित छन् । भने ८ जनाको मृत्यु भैइसकेको छ । फोटोःनेपाल टेलिभिजन







