डिजेल, पेट्रोल, मट्टितेल र सुनको मूल्यमा बृद्दि

१५ जेठ, काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले प्रस्तुत बजेटमा उल्लेख गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।