१५ जेठ,काठमाण्डौ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनालाई ५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको जनाएका छन् । जारी बजेट भाषणमा उनले चालु आर्थीक वर्षमा मेलम्ची खानेपानी आयोजना निर्माण हुने र आउँदो आर्थिक वर्षसम्म पनि उपत्यका ल्याइने बताएका छन् । यसैगरी उनले उपत्यकामा खानेपानी तथा ढल निकासको लागि ५ अर्ब ८९ करोड बजेट विनियोजन गरिएको छ ।







