१४ मे,एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ ।विश्व स्वास्थ्य संगठनका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन् ।उनले भने, भाइरस विरुद्धको यदि कुनै भ्याक्सिन बनिहाले पनि भाइरसलाई नियन्त्रण गर्नका लागि निकै ‘ठूलो प्रयास’ को
आवश्यकता छ ।विश्वभरमा कोरोना भाइरसका कारण झन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ भने ४३ लाख भन्दा बढी भाइरसबाट संक्रमित भएका छन् ।यसैबीच संयुक्त राष्ट्रसंघले पनि चेतावनी दिदैँ भाइरसको महामारी अधिक ठूलो संकट र मानसिक स्वास्थ्यको कारण बनिरहेको, विशेषगरी ती देशहरुमा जहाँ मानसिक स्वास्थ्य सेवामा लगानीको पनि कमी रहेको बताएको छ ।डा. रायनले भने, यो ध्यानमा राख्न जरुरी छ कि, अरू भाइरसजस्तै यो हाम्रो समुदायमा बस्न सक्छ र कहिल्यै नजान पनि सक्छ ।
एचआइभी गएको छैन तर हामी अझै भाइरससँग बसिरहेका छौं ।हाल एकसयभन्दा बढी सम्भावित भ्याक्सिनहरु विकासका क्रममा छन् तर दादुरा जस्ता अन्य रोगहरू भ्याक्सिन विकसित हुनुका बाबजुत पनि समाप्त नभएको रायनले बताए ।डब्लुएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेएससले प्रयास गर्ने हो भने अझै पनि भाइरसलाई नियन्त्रणमा लिन सकिने कुरामा जोड दिए ।








