आबुधावीमा १८ नेपाली सवार मिनिबस दुर्घटना,पाँचको मृत्यु

सिड्नी ।
बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच नेपाली युबाहरुको मृत्यु भएको छ भने अरु देशका नागरिक सहित १९ जना घाइते भएका छन् ।

File Photo : Bus crashed in Abudhabi / Google

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी गराएका छन् । मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् । ढकालले भनेका छन्, ‘मृतक कुन-कुन देशका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’घाइतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको थियो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।