सक्रिय संक्रमित २५ हजार नाघे एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने निष्कर्ष निकादै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने सिफारिस गरेकाे हाे।

मन्त्रालयका तथ्यांकअनुसार आज बुधबार सम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।