भारतका नेपाली यि नाका बाट आउन पाउनेछन्

२९ साउन,काठमाण्डौ ।
भारतमा रोजगारीका लागि गएका र विभिन्न कारणले रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले दश वटा नाका तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनेहरुका लागि १० जिल्लामा प्रवेश विन्दु तोकिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकेको प्रवेश विन्दुहरुमा झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गैरीफान्टा र कञ्‍चनपुरको गड्डाचौकी छन् ।सरकारले ती बाहेकका नाकाबाट प्रवेश गर्ने गराउने गरेको पाईए कार्बाही गर्ने पनि सरकारका प्रवक्ता सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यस अघि कोरोना भाईरस संक्रमण नफैलदै नेपालीलाई स्वदेश आउन रोकिएको थियो । पछि लुकीछिपि बाध्य भएर स्वदेश फर्किएका वा पछि सरकारले खुल्ला गरे पछि लाखौको संख्यामा स्वदेश फर्किसकेका छन् । अझै लाखौ नेपालीहरु भारतमा रहेको अनुमान गरिएको छ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।