२३ चैत्र,काठमाण्डौ ।
कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार ३ सय ५७ जना पुगेका छन् । वर्ल्डमिटरको ताजा रेकर्ड अनुसार अमेरिकामा अहिले सम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ५२ पुगेका छन् । यस अघि ७ हजार ४ सय थिए । करिब १५ घण्टाको अबधिमा १ हजार ५२ जनाको मृत्यु भएको छ ।
यसैबिच अमेरिकामा नेपाली संक्रमित संख्या ५ सय भन्दा बढी रहेको समेत खुल्न आएको छ । यस्तै अमेरिकाको न्युयोर्कमा कोरोनाले अहिले सम्म ३ नेपालीको मृत्यु भएको छ । केहि दिन अगाडी अनिल लिम्बुको मृत्यु भएको थियो । भने,शुक्रबारनै मुस्ताङ घर भइ हाल न्यूयोर्क बस्दै आएका सोनाम लामा र थोक्मे बिष्टको कोरोनाका कारण निधन भएको हो । कोरोनाले अमेरिकाको न्युयोर्क सिटीलाई अधिकतम मात्रामा सताईरहेका कारण र सो सिटीमा नेपालीहरुको बाक्लो बसोबास रहेकाले नेपाली समुदायलाई समेत ठुलो असर गर्न सक्ने त्यहाँ बस्ने नेपालीले बताएका छन् ।
हृदयघातबाट छोंचुँको निधन: सन् १९९८ मा नेपालबाट ड्यालस अएर हाल न्यूयोर्कमा बस्दै आएका छोंचुँको शनिबार उपचारकै क्रममा निधन भएको हो । उनी ड्यालसको सामाजीक संस्था ड्यालस एभरेष्ट लायन्स क्लबको चार्टर्ड प्रेसिडेन्ट (संस्थापक सभापति) थिए । ६५ बर्षिय छोचुँको ह्दयधातका कारण मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।








