सांसद रायमाझी पक्राउ बारे सभामुखद्वारा सदनलाई जानकारी

जेठ १ सोमबार | (रासस)
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ पर्नुभएको जानकारी गराउनुभयो ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा नेपाल प्रहरीले आजै सभामुखलाई जानकारी गराएको थियो ।प्रहरीको पत्र लगत्तै सभामुख घिमिरेले सांसद रायमाझी पक्राउका बारेमा सदनलाई जानकारी गराउनुभएको हो ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।