धावन मार्गमा गुडेको बुद्द एअरले टेक अफ लिन सकेन

चैत १३ गते

काठमाण्डुबाट भैरहवा उड्न लागेको बुद्ध एयरको एटीआर जहाजमा समस्या देखिएको छ । जहाजको इण्डिटरमा समस्या देखिएपछि चालक दलका सदस्यले जहाज धावनमार्गबाटै फर्काएका छन् । धावनमार्गमा केही समय गुडिसकेको जहाजमा अचानक इण्डिकेशनमा समस्या भएपछि उडान रद्ध गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ ।

जहाज सोमबार अपराह्न पौने ३ बजे भैरहवा उड्ने तालिका थियो । उक्त जहाजले अब प्राविधिक परीक्षणपछि मात्र उडान अनुमति पाउने छ ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।