नेपालविरुद्ध भारतलाई २–० को अग्रता

२० भाद्र, काठमाडौं ।
दशरथ रङ्गशालामा जारी अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फूटबल प्रतियोगितामा भारतले २–० को अग्रता लिएको छ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन् । पहिलो हाफ गोलरहित रहेतापनि दोस्रो हाफको ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए ।यसअघि विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।