चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु

१० साउन, काठमाडौं ।
भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।पहरोबाट झरेको भीमकाय चट्टानको टुक्राले उनीहरुलाई लागेको थियो । साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा अन्य केही घाईते भएका भारतीय संचार माध्यमले लेखेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।