१० साउन, काठमाडौं ।
भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।
पहरोबाट झरेको भीमकाय चट्टानको टुक्राले उनीहरुलाई लागेको थियो । साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा अन्य केही घाईते भएका भारतीय संचार माध्यमले लेखेका छन् ।







