भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल आउने

१६ भाद्र,काठमाण्डौ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेकाे नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।