साउदी अरब गएकाहरू ठगिने क्रम बढ्यो

१९ असार,काठमाण्डौ ।
वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार (कफला) पद्धति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भिसा प्रक्रियामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरू झेल्नुपरेका धेरै घटनाहरू छन्,’ साउदी अरब स्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले भने ।

विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरूमा समायोजन हुन नसक्दा अविलम्ब घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिँड्ने, ज्यानै समेत जोखिममा परेका घटनाहरू हुने गरेको उनले सुनाए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।