दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता सुजनको शव समुद्रमा भेटियो

२८ जेष्ठ,काठमाण्डौ ।
करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट बेलकोटगढी नगरपालिका-१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएकाे छ ।उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभयो । -रासस

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।