नयाँ दिल्लीमा बढ्यो बायु प्रदुषण

२८ कार्तिक, काठमाडौं ।
भारतको राजधानी दिल्लीमा प्रदुषण बढेपछि केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले चेतावनी जारी गरेको छ। बोर्डले नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर खराब हुने बताएको छ।
हावाको गुणस्तर खराब भएपछि गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई कम्तिमा आउदो दुई दिन घरबाहिर ननिस्किन चेतावनी दिएको हो। बोर्डले राज्य र स्थानीय निकायले आपतकालीन उपाय अपनाउनु पर्ने, स्कुल बन्द गर्नु पर्ने, निर्माण कार्य बन्द गर्न सुझाव दिएको छ।बोर्डले चेतावनी जारी गर्दै सरकारी र निजी कार्यालयका कर्मचारी तथा सवारी साधन ३० प्रतिशत कम गर्नुपर्ने बताएको छ। शुक्रबार ४ बजे दिल्लीको हावाको गुणस्तर ४७१ पुगेको थियो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।