मृगौला पिडित श्याम रानाको जीवन रक्षाका लागि अपिल

२८ कार्तिक ।
स्याङजा जिल्ला गल्याङ वडा नम्बर ७ स्थायी घर भई हाल पोखरा बस्दै आएका ३८ बर्षीय श्याम राना यतिबेला दुबै मृगौलाले काम गर्न छोडेकाले उपचार गराईरहेका छन् । हाल उनी गण्डकी मेडिकल कलेजमा डायलासिस गराईरहेका छन् ।पारिवारिक आर्थिक स्थिति कमजोर रानाको जीवन रक्षाका लागि सहयोगका लागि युके बाट सहयोगी सुधा थापाले सार्बजनिक अपिल समेत गरेकी छिन् ।
रानाको उपचारमा सहयोग गर्नका लागि थापाले फण्डराईज सुरु गरेकी छिन् । उनले १५ हजार पाउण्डको लक्ष्य लिएर फण्डराईज सुरु गरेकी छिन् ।

रानाको उपचारमा सहयोग गर्न चाहनुहुनेले यस लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।