इजरायल रोजगारीका लागि १६०० जना सिफारिस

१० असोज, काठमाडौं ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १ हजार ६ सय जनाको नाम सार्वजनिक गरेको छ । विभागले भाषा परीक्षा उत्तिर्ण भएर अन्तरवार्तामा सहभागीहरुमध्ये १ हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने १ हजार ४ सय छ ।१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।