२ जेठ,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षण गर्दा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५ सय ३९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण
गरिएको थियो ।पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, सोही अवधिमा देशभर ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४५ जनाको मृत्यु पुष्टि भएको छ ।त्यस्तै गत २४ घण्टामा ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् ।क्वारेन्टाइनमा ७०१ जना रहेका छन् ।







