२८ बैशाख,काठमाण्डौ ।
भारतको गङ्गा नदीमा कम्तीमा एक सय जनाको शव भेटिएको छ । नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान छ ।
उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र तीनीहरुले के कारणले ज्यान गुमाएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको बीबीसीले जनाएको छ । स्थानीयबासिन्दाले नदीमा अझै पनि
शव देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु यसअघि नै आएका थिए । कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।Photo:ujyaaloonline







