१३ माघ,काठमाण्डौ ।
भारतले मंगलबार ७२ औँ गणतन्त्रका दिवस मनाएको छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । किसानहरुको ट्रयाक्टर र्यालीलाई मध्यनजर गर्दै यसपटकको गणतन्त्र दिवसमा दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।
मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्यालीको आयोजना गरेका थिए । समाचार एजेन्सी पिटिआईका अनुसार किसान संगठनले फेब्रुअरी १ मा संसद भवन घेराउको घोषणा पनि गरेका छन्। उक्त दिन भारतको संसदमा बजेट पेश हुनेछ। कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर र्याली निकालेका थिए ।






