कतारमा एक नेपालीको निधन

५ माघ,कतार ।
सडक दुर्घटनामा परी एक नेपाली युबाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो ।झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए ।१५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे । उनको शुक्रबार राती दुखद निधन भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए । उनका श्रीमती र दुई छोरा झापामा छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।