अस्पतालमा आगलागी हुदा १० नवजात शिशुको मृत्यु

नयाँ दिल्ली,एजेन्सी ।
भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० नवजात शिशुको मृत्यु भएको छ । भारतको महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा शनिबार बिहान करिब दुई बजेतिर आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो । सात जना शिशुकाे भने सुरक्षित रुपमा उद्दार गरिएको छ ।तीन/चार बच्चाको मृत्यु जलेर भएको छ भने बाँकीकाे अक्सिजन नपाएर मृत्यु भएकाे अस्पतालका सिविल सर्जन डाक्टर प्रमोद खन्डाराले जनाएका छन् । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा छ ।Photo Source:BBC

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।