२० पुष,काठमाण्डौ ।
भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ जनाको मृत्यु भएको छ । यो घटना उत्तर प्रदेशस्थित मुराद नगरको हो । आईतबार भएको दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौं। अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं,’ मेरठका विभागीय आयुक्त सी मेश्रामले भने । प्रत्यक्षदर्शीका अनुसार पीडितहरू आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कार स्थलको कौसी भत्किएपछि छानो खसेको थियो। मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको उपचारका क्रममा मृत्यु भएको हो । एजेन्सी







