भारतमा २४ घण्टामा थप १६ हजार जनामा संक्रमण पुष्टी

१४ पुष,काठमाण्डौ ।
भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७२ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ६ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार १९० पुगेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।