२३ मंसिर,एजेन्सी ।
भारतमा मोदी सरकारले ल्याएको किशान बिल फिर्ता गर्न माग गर्दै आन्दोलित किशानहरुले आज भारत बन्दको आव्हान गरेका छन् । सरकारसगँ वार्ता भए पनि सहमति हुन नसके पछि किशानले बन्द आव्हान गरेका हुन् । भारतको किशान आन्दोलनप्रति अन्तराष्ट्रिय चासो समेत बढेको छ । युरोपमा रहेका भारतीयहरुले समेत बिरोध प्रदर्शन गरेका छन् ।
हजारौ किशानहरु सडकमा आए पछि मोदी सरकार अप्ठेरोमा परेको छ । उनीहरुले दिल्ली सहित विभिन्न राज्यहरुमा सडकमा उत्रिएर प्रदर्शन गरीरहेको र बन्दको असर देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।







