१ मंसिर, हङकङ ।
हङकङको एक रेस्टुरेन्टमा गएराति राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। मृतक मध्य अधिकांश नेपाली रहेको बताईएको छ । मृतक मध्य एक बालक पनि रहेका छन् । मृतक मध्ये ३ महिला र ४ पुरुष रहेका छन् । यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्।
क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्।







