भारतले कोरोनाविरुद्धको प्रभावकारी खोप बनाउदै

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट सिंगो विश्व आक्रान्त छ । संक्रमण र मृत्युदर दिनप्रति दिन बढ्दो छ । विश्वभरका वैज्ञानिकहरु पनि यसको निदानका लागि औषधिको खोजीमा अहोरात्र खटिईरहेका छन । चीन र रुसले कोरोना भाइरस संक्रमणबाट हुने विरामीलाई निको पार्ने खोपको विकास गरिसकेका छन ।अमेरिका, ब्रिटेन, भारतलगायतका मुलुकहरु खोप विकासको सफलताको नजिक पुगेको बताइरहेका छन । यही क्रममा भारतीय आयुर्विज्ञान अनुशन्धान परिषद (आईसीएमआर) को सहयोगमा विकास गर्ने काम चलिरहेको कोरोना भ्याक्सिन COVAXIN बारे निकै आशालाग्दो खबर आएको छ । आईसीएमआरको सहयोगमा भारतीय मेडिकल कम्पनी भारत बायोटेकले COVAXIN मा एउटा विशेष औषधि मिसाउँदैछ, जसले मानिसको रोगप्रतिरोधी क्षमता अत्यधिक मात्रामा बढाउँछ भने यो क्षमतालाई शरीरमा लामो समयसम्म कायम पनि राख्छ ।

भारत बायोटेकले COVAXIN मा मिसाउन लागेको औषधिको नाम Alhydroxiquim-II हो । यसले COVAXIN लाई शक्तिशाली बनाउँछ । COVAXIN अहिलेसम्मका लागि निस्कृय भ्याक्सिन हो । यसलाई भारतको पुणेस्थित ईण्डियन ईन्स्टिचयुट अफ भायरोलोजीमा SARS-CoV-2 भाइरसबाट निकालिएको हो ।

अमेरिकाको केन्ससस्थित खोप निर्माता कम्पनी भायरोभेक्स एलएलसीले Alhydroxiquim-II को उत्पादन गर्छ । Alhydroxiquim-II प्राप्त गर्नका लागि भारत बायोटेकले अमेरिकी कम्पनी भायरोभेक्स एलएलसीसंग सम्झौता गरिसकेको छ । भारत बायोटेकलाई COVAXIL खोपको विकासका लागि सरकारी अनुमति पनि प्राप्त भैसकेको छ ।
ड्रग कन्ट्रोलर जनरल अफ ईण्डियाबाट अनुमति पाएपछि हैदराबादमा रहेको भारत बायोटेक कंपनीले कोरोनाविरुद्धको खोप छिट्टै तयार पार्ने घोषणा गरेको छ । यो खोपको अहिले पनि दोस्रो चरणको मानव परीक्षण चलिरहेको छ ।

भारत बायोटेकले सन २०२१ को जुलाईमा खोपको ५० करोड डोज उत्पादन गर्ने बताएको छ । प्रतिब्यक्ति २ डोजका हिसाबले यो खोप २५ करोड मानिसका लागि उपलब्ध हुने भारतीय सञ्चार माध्यमले जनाएका छन । (हिन्दुस्थान टाइम्सबाट)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।