भारतमा कोरोनाले एकै दिनमा १ हजार बढीको मृत्यु

एजेन्सी, नयाँदिल्ली ।
भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५७१ जना सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमितमध्ये अहिले नौ लाख ७० हजार ११६ जना मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित भएका मध्ये ४७ लाख ५६ हजार १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा अहिलेसम्म ६ करोड ८९ लाख २८ हजार ४४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।