धनुषाका नेपाली युबालाई मलेसियामा मृत्युदण्ड सुनाईयो

२४ भाद्र,काठमाण्डौ ।
रोजगारीका लागि मलेशिया पुगेका एक नेपालीलाई त्याहाँको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । मलेशियाका एक स्थानीय नागरिकको हत्या गरेकोमा दोषी ठहर गर्दै त्यस अदालतले धनुषाका ३६ वर्षीय सुरजदेव शाहलाई मृत्युदण्डको सजाय तोकेको हो । शाहले मलेसियाको कम्पुङस्थित ३४ वर्षीय मलेसियन नागरिकलाई घरमै हत्या गरेको ठहर सहित १७ अगष्टमा उक्त सजाय सुनाईएको हो । नेपाली राजदुतावासले शाहको जीवन रक्षाका लागि पुनरावेदनमा अपिल गरेको जनाएको छ । ती मलेशियाली नागरिकलाई करीब चार बर्ष अघि हत्या भएको जनाईएको छ । शाह सन् २००६ मा मलेशिया पुगेका थिए । यस अघि पनि केही नेपालीलाई मृत्यु दण्डको सजाय तोकिएको थियो । दुतावासले जीवन रक्षाका लागि उनीहरुको समेत पुनरावेदन गरेको थियो । यस अघि एक नेपालीलाई कतारमा गोली हानेर मृत्युदण्ड दिईएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।