१ भाद्र,काठमाण्डौ ।
नेपाल वायुसेवा निगमले आज देखी दोस्रो चरणको उद्धार उडान सुरु हुने जनाएको छ । निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी अगष्ट १७ देखी ३१ सम्मको उद्धार उडाको तालीका सार्वजनिक गरेको थियो ।सरकारले उद्धार उडानको माध्यमबाट दैनिक ५ सयजनाको उद्धार गर्नेछ ।
सो अनुसार दैनिक २ सय जना सरकारी खर्चमा नेपाल भित्रिने छन् भने ३ सय जना आफैं टिकट काटेर फर्कने बताईएको छ । बिहीबारसम्म ५० हजार ४ सय १३ जना नेपालीको उद्धार भईसकेको पनि कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएसिले जनाएको छ ।







