दुबइको एउटै कम्पनीका २५ सय नेपालीले गुमाए रोजगारी

२३ असार, काठमाडौं ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसकै कारण दुबइको एउटै कम्पनीमा कार्यरत २ हजार ५ सय भन्दा बढी नेपालीहरुले रोजगारी गुमाएका छन् । दुबइको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका नेपालीहरुले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् ।कोरोनाकै कारण कम्पनीले नेपाली श्रमिकहरु संगको सम्झौता करार समय अगावै अन्त्य गरेको हो । ठूलो संख्यामा नेपालीले रोजगारी गुमाएपछि दूतावासले यसको जानकारी परराष्ट्र मन्त्रालयमा गराएको बुझिएको छ ।रोजगारी गुमेपछि त्यहाँका नेपालीहरुले दुताबासले आफुहरुलाई यथासक्य उद्दार गरी नेपाल फर्काउनु पर्ने बताएका छन् । युएइमा कोरोनाभाइरसको संक्रमणपछि करिब २० हजार भन्दा बढी नेपाली श्रमिकहरुले रोजगारी गुमाएका छन् । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।