ओमान दुताबासले २९९ डलरमा नेपाल फर्काउदै

३० जेठ,सिड्नी ।
बिभिन्न देशहरुमा लकडाउनका कारण फसेका नेपालीहरुलाई उद्दार गर्ने सरकारको तयारी अनुरुप हालै जारी हवाई भाडादरको चौतर्फि बिरुध भैइरहेको छ । यसैबिच सरकारले ओमानबाट स्वदेश फर्कन चाहेका नेपालीहरुका लागि ५१० अमेरिकी डलर तोकेको छ । यो रकम नेपालीमा करिब ६२ हजार हुन्छ । ओमानका लागि सरकारले तोकेको यो भाडादर अत्यन्त महंगो हुनालेत्यहाँको नेपाली दुताबासले सरकारको यो रेटलाई अस्विकार गर्दै २९९ अमेरिकी डलर अर्थात् करिब ३२ हजार नेपाली रुपैयामा स्वदेश फर्काउने बताएको छ ।श्रोतका अनुसार सामन्य समयमा ओमानबाट स्वदेश फर्कनेले ११५ रियल को आसपासमा पर्ने गरेको थियो । ओमानको सलाम बिमान स्थलबाट असार १ गते नेपालका लागि उडान हुने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।