युएईबाट हप्तामा ४ उडान हुने

२४ जेठ,युएई । कोरोना भाइरसकै कारण लकडाउनमा फसेका नेपाली श्रमिकहरुलाई नेपाल सरकारले उद्दार गर्ने भएको छ । शुक्रबार युएईको सारजाहा विमानस्थल बाट १६८ जना नेपाली काठमाण्डौ पुगिसकेका छन् । शुक्रबारको उद्दार भने नेपाल सरकारको होईन । उनीहरुलाई युएई सरकार आफैले उद्दार गरेको हो ।आउँदो जुन ११ तारिखदेखि हिमालयन एअरलाइन्सको जहाजले हप्तामा चार वटा उडान भर्न अनुमती पाएको उडान व्यवस्थापनका सदस्य तथा एनआरएन आईसीसी सदस्य ठाकुर प्रसाद ढंगानाले जानकारी दिएका छन् ।उनका अनुसार सरकारले दिएको अनुमतिमा हवाई भाडादरसमेत निर्धारण भएको छ ।

जसमा टिकट दर १९४० दिराम रहेको छ भने टिकट लिनै नसक्ने अवस्थाका व्यक्तिलाई दूतावासको समन्वयमा लैजाने तयारी रहेको छ ।युएईस्थित नेपाली दूतावासले प्राथमिकताका आधारमा नामलिस्ट बनाएको र त्यहीअनुसार लैजाने तयारी भएको ढंगानाले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।