२३ जेठ,दुबइ ।
युनाईटेड अरब ईमिरेन्टस् (युएई)मा रहेका नेपाली फर्काउने तयारी रहे पनि नेपाल उड्नका लागि सारजहा बिमानस्थलमा पुगेका १४६ नेपाली रोकिएका छन् । उनीहरुको कोरोना परिक्षण कागजपत्र नहुनाले रोकिएका हुन् । जस्को कारण उडान समेत अनिश्चित बनेको छ ।उनीहरु सबैले बोर्डिङ पास समेत लिइसकेका छन् ।
इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना सारजहा विमानस्थलमा छन् ।उनीहरु एयर अरबियाको उडान नम्बर जी ९१७५१ मार्फत नेपाल फर्कन लागेका हुन् ।यो युएई सरकारकै खर्चमा नेपाल फर्काउन लागिएको हो । यद्दपी अहिले निःशुल्क नेपाल फर्काउन नसकिने जस्ता खबर आईरहे पनि सो पुष्टी भएको छैन । उनीहरुको उडान तय समय अहिले बिहान १० बजेर ५५ मिनेटको हो ।







