दुबइका नेपाली लिएर शुक्रबार पहिलो उडान हुदै

२२ जेठ,दुबइ ।
कोरोनाभाइरसका कारण लकडाउनमा फसेका दुबइका नेपाली लिएर नेपाल एयरलाईन्सको बिमान शुक्रबार नेपाल तर्फ प्रस्थान गर्ने भएको छ । बिदेसमा हलपत्र परेका नेपालीहरुको उद्दारको चीन पछिको यो नै पहिलो उडान हो ।बिमान शुक्रबार बर्मामा अलपत्र परेका २६ नेपाली र १ सय ५० जना दुबइका नेपालीहरुलाई लिएर काठमाण्डौ उड्ने भएको छ । श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजानेतयारी गरिएको छ । प्राविधिक तयारी पुरा भए शुक्रबार उड़ान हुने केहि समस्या भएमा शनिबार उडाउन हुनेछ ।
सम्बन्धित देशका दुताबासहरुले प्राथमिकता क्रममा भिजिट भिसा, बृद्द र गर्भवती महिलाहरुलाई आगामी ८ तारिक नेपाल लगिने तयारी भएको दुताबास श्रोतले जनाएकोछ । युनाइटेड अरब ईमिरेट्समा बसोसबास र कार्यरत मध्ये १८ हजार ७ सय ७२ जनाले नेपाल जान ईच्छा जाहेर गरी नेपाली दुताबासद्वारा जारी फारम भरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।