भारतमा रेल सेवा सुरु

३० वैशाख, काठमाडौं ।
भारतमा कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन फैलदो क्रममा छ । यसैबिच भारतले सार्बजनिक यतायातका रुपमा रहेको रेल सेवालाई मंगलबार देखी पुन:संचालनमा ल्याएको छ । भारतको रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ शुरु भएको छ ।यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ ।रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्याउन ४६८ वटा रेल सन्चालन गरिएको जानकारी दिएका छन् ।

रेल बाट नेपालीहरु समेत घर आउने सक्ने जानकार बताउछन् । भारतमा रेल सेवा संचालनमा आउदा नेपालमा कोरोनाको संक्रमण बढ्न सक्ने सम्भावना रहेको समेत सामाजिक संजालमा प्रतिकृया आउन थालेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।