भारत बिरुद्द अमेरिकामा नेपालीले गरे प्रदर्शन

११ मे,अमेरिका ।
नेपालको जमिन लिपुलेकमा चीनको मनोसरोबर यात्राका लागि भारतले सडक निर्माण गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरूले भारतविरुद्ध प्रदर्शन गरेका छन् । नेपालको झण्डा र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि नाराबाजी गरेका हुन् ।प्रदर्शनका क्रममा उनीहरूले लिपुलेक नेपाली हो, गो ब्याक इण्डिया लगायतका नारा लगाएका थिए । कोरोना भाइरस संक्रमणको त्रासबीच गरिएको प्रदर्शनमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । अहिले विश्वभर भारतको बिरुद्दमा नेपालीहरु उभिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।