मलेसियामा थप ३४ नेपालीमा कोरोना पुष्टी,लकडाउन थप १ महिना

२८ बैशाख,काठमाण्डौ ।
मलेसियामा थप ३४ जना नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टी भएको छ । यो सँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको हो । सो जानकारी मलेसियामा नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी गराए ।सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको पनि उनले जानकारी गराएका छन् । मलेसियामा अहिलेसम्म ६ हजार ६५६ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५ हजार २५ जना निको भएका छन् भने १५ सय २३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।यस्तै मलेसियामा कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरेको आवागमन नियन्त्रण आदेश(लकडाउन) चार हप्ता थपिएको छ । यसअघि १२ मेसम्म तोकिएको लकडाउनको समय चार हप्ता थप्दै जुन ९ सम्म लम्बाइएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।