२८ बैशाख,काठमाण्डौ ।
शुक्रबार भारतीय सरकारले लिपुलेक हुदै चीनको मनोसरोवर यात्रा जोड्ने सडकको आधिकारिक उद्घाटन गरेपछि नेपालको संसदमा चर्को बहस भएपछि शनिबार नै परराष्ट्रमन्त्रालयले कुटनितिज्ञ रुपमा प्रेस रिलिज सार्बजनिक गरेको थियो ।नेपालको प्रेस रिलिजलाई भारतीय सरकारको सम्बद्द निकायले जवाफ फर्काएको छ ।भारतले लिपुलेकमा बनेको सडकको बिषयमा सडक बनेको भुमी
भारतकै रहेको दाबि गरेको छ ।भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्यमा भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’ नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।







