२५ अप्रिल,टेक्सस ।
अमेरिकाको ड्यालसमा ३८ बर्षीय नेपाली युबा दिपेश थापाको निधन भएको छ । उनी एक दशक भन्दा लामो समय देखि टेक्सस बस्दै आएका थिए । थापाको विहीबार युलेसस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले पुष्टी गरे पनि मृत्युको कारण भने खुलेको छैन ।
शनिबार दिउँसो दीपेशको शवलाई हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । थापाले पाँच वर्ष अघि बिहे गरेका थिए । Photo:Himalayankhabar






