१३ बैशाख,काठमाण्डौ ।
सुदुरपश्चिमका १० जना नेपालीले भारतमा कोरोनालाई जित्न सफल भएका छन् । कोरोना संक्रमित नेपालीहरु भारतको अस्पतालमा उपचार गरी डिस्चार्ज भएका हुन् । एक नेपाली बालक भने अझै उपचाररत छन् ।अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङंको चैनपुरी घर भइ भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परिवारका तीनसदस्यमा कोरोना पुष्टि भएकोमा १० जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको छ । अछामको चौरपाटी गाउँपालिका ५, को एकै परिवारका ८ सदस्य पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।






