२४ अप्रिल,दोहा ।
कतारमा कोरोनाभाइरसको अहिले सम्मकै उच्च संक्रमित पछिल्लो २४ घण्टामा पुष्टी भएको छ । बितेको २४ घण्टामा मात्रै ७ सय ३१ नयाँ संक्रमित पुष्टी भएसंगै कुल कोरोना संक्रमित संख्या ८ हजार ५ सय २५ पुगेको छ ।अहिले सम्म १० जनाको मृत्यु भएको कतारको स्वास्थ मन्त्रालयलका अनुसार २४ घण्टामा ५९ जना समेत गरी हालसम्म ८ सय ९ जना निको भएर घर फर्केका छन् ।
आज थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु हुन् जसमध्ये धेरैजसो आप्रवासी नागरिक रहेका छन् । सरकारले कुन देशका कति मानिसमा संक्रमण देखिएको तथ्यांक सार्वजनिक भने गरेको छैन । कतार लगायत खाडी मुलुकमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । Photo : All Jazeera






