कतारमा अहिले सम्मकै उच्च संक्रमित

१७ अप्रिल,दोहा ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमित संख्या कतारमा अहिले सम्मकै उच्च भेटिएको छ । कतारमा शुक्रबार मात्रै ५ सय ६० नया संक्रमित पुष्टी भएसंगै कतारमा संक्रमितको संख्या ४ हजार ६ सय ६३ पुगेको छ । कतारमा हालसम्म ४ सय ६४ जना निको भएर घर फर्किएका छन् भने ४ हजार १ सय ९२ जना उपचारत छन् । आज सम्म ५८ हजार ३ सय २८ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ७ जनाको मृत्यु भएको छ ।कतारले केहि दिन अघि करिब दुई सय पचास बढी नेपाली कामदारहरुलाई कोरोना परिक्षणका लागि भन्दै झुक्काएर नेपाल डिपोर्ट गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।