१६ अप्रिल ।
कोरोनाभाइरस (कोभिड-१९)कै कारण अमेरिकामा ५०० भन्दा बढी नेपाली संक्रमित रहेको बताइएको छ । यसमध्ये सर्बाधिक धेरै न्युयोर्क शहरमा छन् । अहिले सम्म अमेरिकामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७ जना पुगीसकेको छ ।यसैबिच अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको खबर सार्बजनिक भएको छ ।मृतक पबनकुमार कोरोनाले संक्रमित पछि न्युयोर्कको अस्पताल गए पनि अस्पतालमा बेड नभएको भन्दै भर्ना नलिएको र अन्तत:कोरोनाकै कारण मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने खसोखास अनलाईले लेखेको छ ।उक्त समचारका अनुसार मृतक मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । उनि नेपाल प्रहरीको असई रहेको समेत समचारमा उल्लेख छ ।