जापानमा थए १ नेपालीमा कोरोना पुष्टी

वैशाख १,काठमाडौँ ।
जापानको राजधानी टोकियोमा थप एक जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जापानमा कोरोनाभाईरस (कोभिड-१९) बाट संक्रमति नेपालीको संख्या २ पुगेको छ ।
स्रोतका अनुसार टोकियोको ईकेबुकुरो स्थित रेस्टुरेन्ट व्यवसाय संचाल गर्दै आएका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनको संक्रमण पुस्टिका बारेमा केहि समय पछि राजदूतावासले पनि औपचारिक जानकारी गराउने बुझ्नमा आएको छ । जापानमा अहिले सम्म २ हजार भन्दा बढी संक्रमित पुष्टी भैईसकेको छ । यस अघि ईबाराकी केनमा बस्दै आएकी एक नेपाली युवतीमा संक्रमण पुष्टी भएको थियो । उनको हाल उपचार भईरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।